स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
थोरै अँध्यारोको पर्दा सर्न
के आटेथ्यो हेर
एक हूल आगोका जुलुसहरू
मेरो नजिक नजिक आए
सगरलाई पेवा बनाए
आगोको लप्का निल्दै
बैसको आँधीतुफानमा उड्दै
मृत्युको बेसुरा धून बजाउदै
फूलहरूको हंगामा मा
ताराहरूको जन्ती भएर
मान्छेहरूको मलामी बनेर
बालुवा खाँदै आगो ओकल्दै
उल्टो बगेको नदीको बहावमा
उल्टै बहेको जीवनको लय खोज्दै
किशोरी बताससँग मस्किदै
बूढो साँझ सँग हस्किदै
मौनताको बिगुल फुकि
मृत्युको साइरन बजाइ
पोल्ने हिउँको राप जस्तै
पगाल्ने मनको तापमा
पग्लिदै जम्दै अग्लिदै
बीच सड़कमा ठिंग उभिएर
ठूलो होडिंग बोर्डतिर
निंच्च दाँत देखाउदै हासि
एक हूल आगोका जुलुसहरू
मेरो नजिक नजिक आए
उज्यालोको पर्दा सर्दै गर्दा
फूलको अस्मिता लुटिदा
देउरालीको बूढो वर ढालिदा
स साना वृक्षमा सलाई कोरिदा
धूलामा रहेका पूर्खाका पदचापमा
आफ्ना पदचाप खोजिरहदा
शोकधूनसहित
सौग़ातमा हुरी लिएर
सौग़ातमै छुरी दिएर
उज्यालो वारि
अँध्यारो वारि हुदा पनि
मृत्युलाई जिब्रोले चाट्दै
एक हूल आगोका जुलुसहरू
आवाजको गोली सहित
मेरो नजिक नजिक आए
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८