स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कपाल बाट्ने धागो लोप हुन लागिसकेको अवस्थामा गाएक थानेश्वर गौतमले ‘फुर्के धागो २’ बजारमा ल्याएका छन् ।
कपाल कोरिसकेपछि तीन हाँगा फट्याएर त्यसमा धागो गाँस्दै बाटिने फुर्के धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । तर, यहि धागो युवापुस्ताले प्रयोग बिरलै गर्छन् ।यहि धागोको संरक्षण गर्न तथा पुर्खाको इतिहास जोगाउन गीतकार प्रभा बर्तौलाले लेखेको गीतको शब्दलाई स्वर र संगीत भरेर भिडियो सहित ‘फुर्के धागो’ बोलको गीत दुई वर्ष अगाडी बजारमा आएको थियो ।
त्यसै गीतको अपार सफलतापछि शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका गायक तथा संगीतकार थानेश्वर गौतमले बर्तौलाकै शब्दमा पुनः ‘फुर्के धागो २’ बोलको गीत मंगलबार सार्वजनिक गरेका हुन् । गायक तथा संगीतकार गौतम र गायिका शोभा गौतमको स्वरमा रहेको गीत ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा संगीत पनि गायक गौतमको नै रहेको छ ।
तीज पर्वलाई लक्षित गरेर बजारमा आएको उदयराज पौडेलले एरेन्ज गरेको गीतको भिडियो सम्पादन वीर बहादुर थारुले गरेका हुन् भने भुवन स्यान्बो तामाङले निर्देशन गरेका हुन् । गीतमा मोडल अन्जली अधिकारी र नयन डिसीको मुख्य अभिनय देख्न सकिन्छ भने बालकलाकार आसर्या खड्का र लिडिया तामाङको पनि अभिनय हेर्न पाइन्छ ।
‘फुर्के धागो २’ बोलको गीत हेर्न यस लिंकलाई क्लिक गर्नुहोस्ः
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।