Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

डम्बर रसिकलाई बालसाहित्य पुरस्कार

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र २६, शनिबार (१ साल अघि)
डम्बर रसिकलाई बालसाहित्य पुरस्कार

२६ भदौ, चौतारा ।

लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ ।

नगद ११ हजार १ सय ११ रुपैंया पुरस्कार राशीसहित दोसल्ला र पुरस्कारपत्रद्वारा सम्मान गरिएको हो । मित्र प्रतिष्ठानको समन्वयमा दुःखी प्रकाशनले सो पुरस्कार प्रदान गरेको हो । बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले भारतीलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । ‘हामीले वर्षिनै बालसाहित्यमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका छौं’, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले भन– ‘यो जिल्लामा प्रदान गरिदै आएको पुरस्कार राशी मध्ये ठूलो राशीको पुरस्कार पनि हो ।’

कार्यक्रमकै बीच दुःखी प्रकाशनले ४ जना जेहेन्दार विद्यार्थीहरुलाई पोषाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । उनीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री सहयोग गरिने प्रकाशनले जनाएको छ ।

सोही अवसरमा स्वर्गीय पत्रकार एवम् साहित्यकार कञ्चन प्रियदर्शीको सम्झनामा निर्माण गरिएको सालिकको अनावरण गरिएको छ । प्रियदर्शीको जन्मस्थल सिन्धुपाल्चोकको पिपलडाँडामा निर्माण गरिएको सालिक एवम् पार्कको शनिबार उद्घाटन गरिएको हो ।

बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले सालिक र पार्कको उद्घाटन गरेका हुन् । उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् दुलालले परिवर्तनको सम्वाहक पत्रकार साहित्यकारलाई सम्मान गरिनु भनेको सिंगो बौद्धिक जगतलाई सम्मान गरिएको बताए ।
‘यो सम्मान उहाँले समाज पु¥याएको योगदानको कदर हो’, दुलालले भने– ‘राजनीतिक बर्गीय आन्दोलनमा लाग्नु भन्दा पहिले साहित्य र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको लागि व्यतित गरेको अमूल्य समयलाई पनि हामीले भुल्नु हुँदैन ।’

प्रियदर्शी महान जनयुद्धको क्रममा शहादत प्राप्त गरेको स्मरण गर्दै दुलालले तत्कालिन राज्य व्यवस्थाको बिरुद्ध उहाँले गरेको योगदान कसैले भुल्न नहुने बताए । ‘कञ्चन प्रियदर्शी एउटा वर्गीय चेत, राजनीतिक चेतका साथ राष्ट्रका लागि जीवन कुर्बानि गर्नुभएको थियो’, दुलालले भने– ‘यो इतिहासलाई हामीले सदैव स्मरण गर्नुपर्छ ।’ कञ्चन प्रियदर्शीको राजनीतिक, साहित्यिक र पत्राकारिताको इतिहासलाई जीवन्त तुल्याउन शालिक निर्माण गरेको प्रति दुलालले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी‘भारद्वाज मित्र’, जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, साहित्यकार मात्रिका पोखरेल, बाबा बस्नेत लगायतले शुभकामना सहित आफ्ना सिर्जना समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै शब्द शारथिका अध्यक्ष अमित घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले कञ्चन प्रियदर्शीको साहित्य र पत्रकारिताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कवि रमेश पौडेल, हेमन प्रधान, दील कार्कीलगाएतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सालिक एवम् पार्क निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सांसद् युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र मुर्ति निर्माण गर्ने कलाकार कृष्णहरी शंखदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कविता प्रतियोगितामा रायमाझी प्रथम

कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित सालिक अनावरण, पार्क उद्घाटन एवम् पुरस्कार अर्पण कार्यक्रमको अवसरमा आयोजीत खुला कविता प्रतियोगितामा नवराज रायमाझीले प्रथम स्थान हातपारेका छन् ।

प्रतियोगितामा सुष्मा तिमल्सिना द्वितीय, कृष्णप्रसाद धिताल‘धिताल चिरिच्याट्ट’ तृतीय, रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरे । पुरस्कृत हुने कविहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
कला/साहित्य सम्बन्धि थप
  • दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

    दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

  • ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

    ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

  • मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

    मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

  • कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0