स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ मंसिर , चौतारा ।
समाजसेवी व्यक्तित्व रामबहादुर कार्कीको जीवन परिवेश समेटिएको पुस्तक ‘विवृत जीवन’ लोकार्पण गरिएको छ ।
विवृत जीवन प्रकाशन समितिले तीन वर्षको मेहनतपछि तयार भएको पुस्तक कार्कीको ७७ओैं जन्मोत्सवको अवसर पारेर आज लोकार्पण गरिएको हो । नेपाल सरकारका पुर्व सचिव पुण्यप्रसाद न्यौपानेले सो पुस्तक लोकार्पण गरेको प्रकाशन समितिका संयोजक अमित घिमिरेले बताए ।
कार्कीलाई समाजसेवा , शिक्षा क्षेत्र र राजनितीको त्रिआयमिक व्यक्ति मानिन्छ । दशकौं अघि नै अन्तरजातीय विवाह गरेर समाजसँग विद्रोह गरेका कार्कीलाई एक क्रान्तिकारी सोचाइका व्यक्तिको रुपमा चिनिन्छ । उनै कार्कीको संयोजकत्वमा बनेको समितिले चौतारामा चौतारा क्याम्पस समेत स्थापना गराएको थियो ।
सामान्य जिवन र उच्च विचारका धनी कार्की प्रचारभन्दा धेरै सामाजिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा काम गर्न रुचाउने व्यक्ति भएको प्रकाशन समितिका उपसंयोजक दिपक राईले बताए । ‘ समाजको विकास तथा रुपान्तरणका लागि उहाँ जस्तो व्यक्तिको जति सम्मान गरेपनि कम हुन्छ ।’ राईले भने ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८