स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले फरक फरक मुद्धाका दुइजना फरार अपराधी पक्राउ गरी कारागार चलान गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७८ मंसिर २८ गतेको फैसलाले डाँका चोरी सम्बन्धी मुद्दामा २ महिना ५ दिन कैद र १० हजार रुपैंया जरिवाना सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी ९ का छबिलाल श्रेष्ठको ३६ बर्षीय छोरा नारायणलाल श्रेष्ठलाई आजै काठमाण्डौबाट आँउदै गरेको बसमा बन्देउ चोकमा फेला पारी सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेकोमा आजै कैद असुलका लागि कारागार चलान गरेको छ ।
साथै उच्च अदालत पाटनको मिति २०६९ माघ २ गतेको फैसलाले जबरजस्ती चोरी मुद्दामा ११ महिना २६ दिन कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी २ का केशव प्रसाद नेपालको ३९ बर्षीय छोरो सुकदेव नेपाललाई फागुन ३० गते भक्तपुर बालकोटबाट पक्राउ गरी आज चैत १ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेकोमा कैद असुलका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक रामकुमार यादवले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८