स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले दुईजना फरार अपराधी पक्राउ गरि जेल चलान गरेको छ । प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार विशाल केसी र सवारी ज्यान मुद्दाका फरार नरबहादुर बस्नेतलाई पक्राउ गरि जेल चलान गरेको हो ।
फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ६ महिना कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोगढी नगरपालिका १३ का २३ बर्षीय विशाल केसीलाई आज आइतबार १९ आफ्नै घरबाट नियन्त्रणमा लिई अदालत पेश गरेकोमा कैद सजाय असुलका लागि अदालतले आजै कारागार चलान गरेको हो ।
त्यस्तै तनहुँ जिल्ला अदालतको २०७० फागुन २० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु.२,०००।- जरिवाना सजाँय भई फरार रहेका दोलखा जिल्ला शैलुङ गाउँपालीका ८ का ३३ बर्षीय नरबहादुर बस्नेतलाई २०७९ चैत १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका ५ बाट पक्राउ गरी जिल्ला अदालत, सिन्धुपाल्चोकमा पेश गरिएकोमा बस्नेतलाई समेत कैद तथा जरिवाना असुलका लागि आज चैत १९ गते चौतारा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८