Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

६० वर्षपछि कालापानीको जनसँख्या गणना हुँदै

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १२, सोमबार (२ साल अघि)
६० वर्षपछि कालापानीको जनसँख्या गणना हुँदै

काठमाण्डौं, १२ माघ ।

नेपालको नक्सामा समेटिएको कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगाएतको जनसंख्या करिब ६० वर्षपछि पुनः गणना हुने भएको छ । वि.सं. २०१८ सालपछि ०७८ सालको राष्ट्रिय जनगणनामा सो भुभागको जनसँख्या गणना हुन लागेको हो ।

आसन्न १२औँ राष्ट्रिय जनगणनामा सो क्षेत्रको समेत जनगणना हुने भएको हो । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणना देश संघीयतामा गएपछिको पहिलो जनगणना हो । नेपालमा वि.सं. १९६८ सालमा चन्द्रशमशेर जबरा प्रधानमन्त्री हुँदा पहिलोपटक जनगणना भएको थियो । त्यसपछि १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ ।

देश संघियतामा गएपछिको पहिलो जनगणना भएकोले यसपटकको जनगणनाको प्रश्नावलीमा समेत केही थप गरिएको छ । सबै स्थानीय तहलाई धेरै विषयका तथ्यांक चाहेकोले जनगणनाको विधिमा परिवर्तन ल्याएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । ०५८ र ०६८ को जनगणनामा दुुईखालका प्रश्नावली थिए । यसपालि नमुना छनोट विधिबाट प्रश्न नसोधिने विभागले जनाएको छ । अनुुमानित ७० लाख परिवारको अर्थात तीन करोड जनसंख्याको जनगणना हुुँदैछ ।

यसपटक पहिलाका जनगणनामा हुने गरेका प्रश्नको निरन्तरता सँगै थप ६ वटा नयाँ प्रश्नवली थपिएका छन् । पहिलो प्रश्नावलीमा सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा परिवारमा पुगी सम्पूर्ण घरको परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य (महिला, पुरुष र अन्य लिंगी) संख्या र परिवारको कृषिसम्बन्धीलगायतका विवरणहरु संकलन गरिनेछ । दोस्रो तथा मुख्य प्रश्नावलीमार्फत परिवारिक विवरण र व्यक्तिगत विवरणहरु संकलन गरिनेछ । पारिवारिक विवरणमा घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित, विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधाहरु आदिको विवरण राखिनेछ । त्यसैगरी, व्यक्तिगत विवरणमा घरपरिवारका सदस्य तथा व्यक्तिको आर्थिक क्रियाकलापलगायत लिंग, उमेर, जातजाति, भाषा, धर्म, वैवाहिक स्थिति, बालबालिका, अपांगता बसाइसराइ, प्रजनन्का विवरणहरु संकलन गरिनेछ ।

जनगणना गर्दा क्यापी सिस्टम अर्थात कम्प्युटर एसेसमेन्ट पर्सनल इन्टरभ्यूूबाट गर्न खोजे पनि विभागले लागत बढी लाग्ने भएकाले सबै ठाउँमा गर्न नसक्ने जनाएको छ । त्यसैले विभागले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका केही छानिएका वडामा मात्र क्यापी सिस्टममा विवरण संकलन गर्नेछ । अन्यको हकमा पुरानै कागज प्रणालीमै हुनेछ । यसको लागि प्रश्नावली छनोट र छपाइ दुवै भइसकेको विभागले जनाएको छ । जनगणना गर्नको लागि कुपन्डोलमा छुट्टै घर भाडामा लिएर प्रश्नपत्र, निर्देशिका, जनगणनाका लागि आएका सामग्री झोला, टोपी, डटपेन, कलम, सबैको प्याकिङको व्यवस्था सुरु भएको छ । यी सबै सामान ७५३ वटै स्थानीय तहमा ढुवानीको व्यवस्था हुँदैछ ।

यस्तै, विभाग जनगणनापश्चात् मनोग्राफ (एकै विषयमा)भन्दा विषयगत प्रतिवेदन निकाल्ने (थिमाटिक रिपोर्ट) निकाल्ने तयारीमा छ । यसले सरकारलाई नीति बनाउन सहज हुने महानिर्देशक श्रेष्ठको बुुझाइ छ । जनगणनाका लागि ४३ हजार गणक चाहिन्छ भने नौहजार सुपरिवेक्षक चाहिन्छ । विद्यालयका शिक्षक परिचालन हुने भए पनि यसपटक १० प्रतिशत मात्र जनगणक शिक्षक रहेनछन् । बाँकी सबै युवा, बेरोजगार, विद्यार्थी प्रयोग गरिनेछ । जनगणना अभियान सफल पार्न एड्भोकेसी गर्ने, तालिम दिने र सद्भावना दूतको रुपमा काम गर्न भने शिक्षक परिचालन हुनेछन् ।

विदेशमा काम गर्न जाने र पढ्ने व्यक्तिका लागि पहिलोपटक अनलाइन ई–सेन्ससबाट जनगणना गरिनेछ । प्रत्येक वर्षको असार ८ मा जनगणना दिवस मनाइन्छ । आगामी दिवसको दिनसम्म १५ दिने जनगणना पूरा भइसक्नेछ । चैत १ गतेदेखि चार महिनाको लागि जनगणना कार्यालय प्रदेश र जिल्लामा खोलिनेछ । यस्तै, स्थानीय तहमा स्थानीय जनगणना कार्यालय वैशाखबाट तीन महिनाको लागि खोलिँदै छ । ठूला जिल्लामा एकभन्दा बढी कार्यालय हुनेछन् । ८७ वटा जिल्ला जनगणना कार्यालय खुल्नेछन् । ७५३ वटा स्थानीय तह भए पनि ३४९ वटा स्थानमा मात्र जनगणना कार्यालय खोलिँदै छ । स्थानीय, प्रदेश र संघ तीनै तहको सहमति, सहकार्यमा र समन्वयमा काम गर्नुपर्ने भएकाले स्थानीय तहमा पनि जनप्रतिनिधिको संलग्नता वडास्तरीय जनगणना सहजीकरण समिति खोलिनेछ ।

जनगणनामा प्रत्येक व्यक्तिसँग २० देखि २५ मिनेट प्रश्न सोधिनेछ । फेससिल्ड, स्यानिटाइजर र मास्कको प्रयोग गरी सामाजिक दूरी कायम गरेर घरबाहिर बसेर सूचना ल्याउने काम गणकले गर्नेछन् । विकास साझेदारी पार्टनरविना नेपालले पहिलोपटक राज्यले नै पूर्ण स्वामित्व लिएर जनगणना गर्न लागेको हो । यसको लागि सरकारले चार अर्ब रुपैयाँ बजेट छुुट्ट्याएको छ ।

  • कालापानी
  • जनगणना
  • लिपुलेक
  • लिम्पीयाधुरा
  • प्रतिक्रिया दिनुहोस
    अर्थतन्त्र सम्बन्धि थप
  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

    काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

  • मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको घाेषणा

    मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको घाेषणा

  • तातोपानी नाका पूर्णरुपमा खुलाउने तयारीका लागि आजबाट बन्द

    तातोपानी नाका पूर्णरुपमा खुलाउने तयारीका लागि आजबाट बन्द

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0