Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

तातोपानी भन्सारकाे गोदाममै थन्कीयो चीनिँया मल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ चैत्र ३, मंगलबार (२ साल अघि)
तातोपानी भन्सारकाे गोदाममै थन्कीयो चीनिँया मल

तातोपानी , चैत ३ ।

छोटो समयमै चिनबाट काठमाण्डौ पुग्ने लक्ष्यका साथ तातोपानी नाकाबाट आयात गरिएको रासायनीक युरिया मल अझै तातोपानी भन्सारको गोदाममा नै थन्कीएर बसेको छ । चिनको सिगात्सेबाट छुटेको बढीमा १० दिनमा काडमाण्डौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकामा आइपुगेको मल झण्झटीलो सरकारी प्रकृयाका कारण नेपाल प्रवेश गरेको ११ दिन देखि नाकामा नै अड्कीएर बसेको हो ।

हरेक बर्ष रासायनीक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष अभाव हुन नदिन पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सुरु गरिएपनि प्रकृयागत तयारी हुन नसक्दा भन्सारबाट मल अगाडी बढ्न सकेको छैन । पहिलो पटक फागुन २३ गते भन्सारमा आइपुगेको मल बढीमा एक हप्तामा काठमाण्डौं पुग्ने कृषि तथा पशुपँक्षी विकास मन्त्रालयको अपेक्षा भएपनि उसैले भन्सारबाट मल छुटाउने अनुमती नदिदा ११ दिनदेखी भन्सारमा अलपत्र परेको हो । चिनको सिगात्से शहरबाट बढीमा ३ दिनमा मल नेपालको भन्सार गोदाममा आइपुग्छ ।

हरेक बर्ष रासायनीक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष अभाव हुन नदिन पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सुरु गरिएपनि प्रकृयागत तयारी नपुग्दा मल गोदाममै अड्कीएको हो । कृषि तथा पशुपँक्षी विकास मन्त्रालयबाट आवश्यक प्रकृया पुरा भएर आएमा तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौस्थित साल्ट ट्रेडीङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको छ । पहिलो पटक फागुन २३ गते भन्सारमा आइपुगेको मल बढीमा अब एक हप्तामा काठमाण्डौं पुग्ने तातोपानी भन्सार कायालयले अपेक्षा गरेको छ ।

यसअघि दक्षिणी नाकाबाट मात्रै मल भित्रने गरेकोमा उत्तरी नाका तातोपानीबाट समेत मल भित्रीयपछि किसानलाई राहत हुने अपेक्षा गरिएको छ । कृषि विभागबाट आवश्यक प्रकृया पुरा गराउन नसक्दा मल भन्सारको गोदाममै रहेको र अब प्रकृया पुरा भएर आँउदा समेत मल काठमाण्डौ पुग्न अब बढीमा एक हप्ता लाग्ने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । भन्सारमा अहिले करिब ३ सय मेट्रिक टन मल गोदाम भएर बसेको भन्सार कार्यालयले जनाएको छ । उत्तरी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रनु एकदमै सुखद कुरा भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । भन्सार कार्यालयमा आएको सबै परिमाणको मल तुरुन्तै चेकजाँच गर्न आफुहरु सक्षम रहेको बताउदै प्रमुख खत्रीले अरनिको राजमार्ग स्तरोन्नति हुन सकेमा नाकाबाट आयात बढ्ने बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चिनको सिगात्से शहरबाट तातोपानी नाका हुँदै नेपाल ल्याउन लागेको हो । शुक्रबार चीनको सिगात्सेबाट नेपाल भित्रिएको युरिया मलको प्रगतीबारे जानकारि दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिना भित्र आफूहरुले जिम्मा पाएको चार हजार मेट्रिक टन युरिया नेपाल आईसक्ने जानकारी दिए । ‘अहिले दैनिक पाँचदेखि सात वटा ४० फुटे कन्टेनरमा मल आयात भैरहेको छ’– शेर्पाले भने– , ‘विचमा अन्य कुनै समस्या नआएमा एक महिनामा सबै चार हजार मेट्रिक टन मल नेपाल ल्याईसक्छौ ।’ एउटा ठुलो कन्टेनरले २ मेट्रिक टन मल ढुवानी गर्न सक्छ ।

नेपालका हरेक वर्ष युरिया मल अभाब हुने समस्यालाई निराकरण गर्न उत्तरी नाका चीनबाट आयात परीक्षण गरिएको कृषि तथा पशुपंक्षि मन्त्रालयका सहसचिब काञ्चनराज पाण्डेले जानकारी दिए । ‘यस अघि दक्षिणी नाकाहुँदै विरगञ्जबाट मात्र रासायनिक आयात हुन्थ्यो’– गत शुक्रबार भन्सारमा रहेको मल गोदामको अनुगमन गर्दै पाण्डेले भने – ‘केन्द्रबाट भेण्डर खोलेर आयात गर्दा समयमा आईनपुग्ने तथा आयात कर्ताले ल्याउनै कठिनाई भैरहेको थियो ।’ पाण्डेले चीनबाट आयात भएको युरिया मल कम्तिमा दश दिनमै नेपाल आईपुग्ने र प्रति किलो दुई देखि तीन रुपैया सम्म सस्तो पर्ने समेत बताएका थिए ।

चीनबाट आयात भएको युरिया पहिलो चरणमा सिन्धुपाल्चोक सहित काभ्रे , दोलखा लगाएतका नजिकका जिल्लाहरुमा बितरणको तयारी रहेको कुषि बिभागका महाँनिर्देशक डा गोबिन्द प्रसाद शर्माले बताए । ‘चीनबाट युरिया आयातको ट्रायल सुरु भएको छ’– शर्माले भने –‘चीनबाट छिटो र सुलभ मुल्यमा मल नेपाल आएको र नेपाली किसानले यो वर्षबाट मल अभाव भोग्नु पर्दैन ।’

नेपालमा भारत, बङ्गलादेश र चीनबाट रासायनिक मल भित्रिने गरेको छ । मल अभाव नहोस् भनेर सरकारले पर्याप्त रूपमा मलको भण्डारण गर्न लागेको भनिएपनि मल भन्सारमै अड्कीएर बस्नु दुखद कुरा हो । जेठदेखि भदौसम्म मलको अत्यधिक माग हुने हुँदा समयमै किसानसम्म मल पुराउनको लागि सरकारले विशेष ध्यान पुराउनु पर्ने देखिन्छ ।

  • कृषि
  • खुल्लापाना
  • रासायनीक मल
  • प्रतिक्रिया दिनुहोस
    अर्थतन्त्र सम्बन्धि थप
  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

    काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

  • मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको घाेषणा

    मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको घाेषणा

  • तातोपानी नाका पूर्णरुपमा खुलाउने तयारीका लागि आजबाट बन्द

    तातोपानी नाका पूर्णरुपमा खुलाउने तयारीका लागि आजबाट बन्द

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0