स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाह्रविसे, ५ बैशाख ।
शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका—४, फुल्पीङ्कट्टीमा निर्माण गरिरहको अपर चाकु हाइड्रोपावरको व्यवसायिक उत्पादन शुरु गर्ने भएको छ । हाइड्रोपावरले बैशाख ९ गतेबाट ८ दशमलव २० मेगावाट विजुली व्यवसायिक रुपमा राष्ट्रिय प्रशारण लाइनमा जोड्ने भएको हो ।
आयोजनाको सम्पुर्ण काम सम्पन्न गरी गत महिना नै परिक्षण प्रशारणको शुरुवात गरेको थियो । भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले त्यसको औपचारीक शुरुवात गरेका थिए । अहिले हिँउदको समयमा आयोजनाबाट ८ दशमलव २० मेगावाट विजुली उत्पादन हुनेछ भने वर्खा लागेपछि पुर्ण क्षमतामा २२ दशमलव २ मेगावाट नै उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विजुली अघिल्लो महिना नै राष्ट्रिय प्रशारण लाइनमा जोडिएको भएपनि त्यसलाई परिक्षणको रुपमा मात्रै लिइएको थियो ।
व्यवसायिक उत्पादनमा जानका लागि आयोजनाले सम्पुर्ण प्रकृया पुरा गरीसकेको आयोजनाका अध्यक्ष बच्चु पौडेलले बताए । “हामिले आन्तरीक परिक्षणका साथै नेपाल विद्युत् प्राधिकरणबाट हुने परिक्षण समेत गराइसकेका छौं ।” अध्यक्ष पौडेलले भने—“अहिले पनि हाम्रो विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडीएर घरघरमा बलिरहेको छ ।” १५ दिन भन्दा बढी समय राष्ट्रिय प्रशारण लाइनमा जोडीइसकेकोले अब भने आयोजनाले कमाइ शुरु गरेको उनले बताए ।
२०७५ सालको साउन महिनामा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको काम सम्पन्न हुन भने थप समय लागेको हो । आयोजनाले जुरे पहिरो देखि महाभुकम्प र भोटेकोशी बाढीको समेत सामना गर्नुपरेका कारण आयोजना केही ढिला भएको आयोजनाका अध्यक्ष बच्चु पौडेलले बताए । प्राकृतीक विपत्तीले अरनीको राजमार्ग क्षतीग्रस्त हुँदा सामाग्री ढुवानीमा समस्या आएको पौडेलले बताए ।
आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रहेको छ ।
कम्पनिले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयर समेत लागु गरेको थियो । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर धितोपत्र बोर्डमा सुचिकृत छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।