स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं सामान ढुवानी व्यवसायी संघको जिम्मेवारी पुष्पराज श्रेष्ठले पाएका छन् । शनिबार काठमाडौंमा भएको संघको ९औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नेपाल ढुवानी व्यवसायी महासंघका सचिव समेत रहेका श्रेष्ठको नेतृत्वमा संघको उपाध्यक्षमा चन्द्रबहादुर नेवार ,सचिवमा रामबहादुर सापकोटा ,सहसचिवमा विष्णु ज्ञवाली र कोषाध्यक्षमा नगेन्द्र कुराम उप्रेती चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरु वासुदेव दुवाडी , रामचन्द्र तिमिल्सिना ,प्रदीप ढकाल , धन्यञ्जय गडवाल चयन भएका छन् ।
शनिवार नै नयाँ कार्यसमितिले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । अध्यक्षमा चयन भएसगै श्रेष्ठले सम्पूर्ण व्यवसायीहरुको हक र हितका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै आफूलाई विश्वास अध्यक्ष पदमा चयन गर्नुहुने सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।
नयाँ कार्यसमितिको अवधि तीन वर्षको हुनेछ । २०७० सालमा काठमाडौं सामान ढुवानी व्यवसायी संघको स्थापना भएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८