स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, १४ माघ ।
जनचेतना आधारभुत विद्यालयको ४५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयलाई एक थान कम्प्युटर सहित प्रीन्टर र स्टेशनरी सामाग्री सहयोग प्राप्त भएको छ ।
बुधबार सम्पन्न चौतारा साँगाचोकगढी नगरपालिका —७, नेपानेको सो विद्यालयकोे बार्षिकोत्सवमा लायन्स क्लब ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो । त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरिएको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए ।
बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७का वडा अध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नु पर्ने दुलालले बताए । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोशियसनका उपाध्यक्ष रमेश धितालले विद्यालयको शैक्षिक विकासको लागि सधै सहयोग गर्ने बताए । विद्यार्थीको चौतर्फी हितको लागि आफुहरुको पहलमा सहयोग सामाग्री जुटाइएको उनले बताए ।
पराजुलिका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ७ का वडा अध्यक्ष उमा प्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नगर शिक्षा समिति सदस्य राजकुमार यादव, लायन्स क्लवका विष्णु केसी, पवन केसी, शिवलोचन पराजुली, कल्पना केसी, नेपाने युथ क्लबका सल्लाहकारहरु कृष्णप्रसाद नेपाल, जयराम न्यौपाने, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्षहरु दीपक अर्याल, सिंहबहादुर तमाङ लगाएतको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।