स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कुविण्डे, २३ माघ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—४, कुविण्डेको श्री सेतीदेवी पन्चकन्या माध्यामिक विद्यालयले आफ्नो ४४औं बार्षिक उत्सव तथा भुतपुर्व बिध्यार्थी पुर्नमिलन समारोह सम्पन्न गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप—महानिर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै न्यौपानेले सामुदायिक विद्यालयको खस्कदो अबस्थालाई देखर आफु दुखीत भएको बताएका छन् । “म स्वयम् सरकारी विद्यालयबाट नै पढेर आएको हुँ” उप—महानिर्देशक न्यौपानेले भने —“तर पहीलेको जस्तो शैक्षिकस्तर अहिले पाँउन सकिदैन ।” विद्यालयको शैक्षिकस्तर उकास्न अभिभावकको निकै नै महत्व रहेको हुदा सधै विद्यालयलाई निगरानिमा राख्न अभिभावकलाई अग्रह समेत गरे ।
प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेगरी तय गरिएको कार्यक्रममा बिशेष कारणबस सभामुख सापकोटा उपस्थिति हुन नसकेको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा भौतिक उपस्थिति हुन नसकेकोमा दुःख व्यक्त गर्दै सभामुखले शुभकामना सन्देशको पत्र पठाएका थिए ।
यस्तै कार्यक्रममा बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अहिलेको सन्दर्भमा शिक्षाको महत्व निकै नै भएको हुँदा बालबालिकाको शिक्षामा लगानी गर्न पछि नहट्न सबै अभिभावकमा आग्रह गरे । उनले नगरपािलकाका विद्यालयहरुमा यस विद्यालय उत्कृष्ट रहेको समेत उदघोष गरे ।
नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।