स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कुविण्डे, २३ माघ ।
पोजेटिभ ड्रिमर्स युवा क्लवले आर्थीक अवस्था कमजोर रहेका तथा जेहेन्दार २ विद्यार्थीलाई नगद छात्रवृत्ति बितरण गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका—४, कुविण्डेको सेतीदेवी माध्यामीक विद्यालयमा अध्ययनरत दुइ विद्यार्थीलाई समुहले सहयोग गरेको हो । विद्यालयको कक्षा ११ मा अध्यनरत सबिता भण्डारी र कक्षा १२ मा अध्ययनरत बिजय ठकुरीलाई जनही तिन हजार रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको पोजेटिभ ड्रिमर्सका सदस्य अर्जुन शर्माले बताए ।
केहि नयाँ सोच र नयाँ कार्य गर्ने उध्यक्षका साथ यसै बर्षमात्रै स्थापना भएको १५ जना युवाहरुको समुहले सो विद्यालयको ४४ औँ बार्षिक उत्सव तथा भुतपुर्व बिद्यार्थी पुर्नमिलन समारोहका बिच छात्रवृत्ति प्रदान गरेको हो । “विद्यालयले छनोट गरेका दुबै विद्यार्थिहरुको आर्थिक अबस्था कमजोर रहेको र अध्ययनमा समस्या खेपिरहेका थिए” विद्यालयका प्रधानाध्यपक कृष्णप्रसाद पौडेलले भने—“यस छात्रवृत्तिले विद्यार्थिमा राहत पुग्नुका साथै अध्यापन कार्य समेत प्रभाकारी हुनेछ ।”
शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका उपमाहानिर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सो छात्रवृत्ति नगरप्रमुख अमान सिं तामाङ र क्लवका सदस्य अर्जुन शर्माले संयुक्त रुपमा प्रदान गरेका हुन् । पोजेटिभ ड्रिसर्स स्टुडेन्ट अफ द इयरको नाममा स्थापना भएको छात्रवृत्ति प्रत्यक बर्षमा निरन्तरता दिइने क्लबले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।