स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा क्याम्पस भुपु विद्यार्थी संगठनको साधार सभा सम्पन्न
चौतारा बहुमुखी क्याम्पस, चौताराको भुतपुर्व विद्यार्थी समाज एलुमनाई एशोसिएसनको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन भएको छ । अधिवेशनले तिलकबहादुर दंगालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा निर्मला तिमल्सिना, सचिवमा हरिचन्द्र गौतम, कोषाध्यक्षमा बेली दुलाल, सदस्यहरुमा दिल बहादुर कार्की, रमेश दुलाल, प्रदिप बस्नेत, आकृति घले, निर्मला श्रेष्ठ, धुर्ब घोरासैनी र रेनु श्रेष्ठ चयन भएका समितिका सचिव हरिचन्द्र गौतमले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व सासंद तथा क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ, अतिथिहरुमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष गम्भिरलाल श्रेष्ठ, क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, , क्याम्पस सञ्चालक समितिका सदस्य तथा सल्लाहकारहरु, सहायक क्याम्पस प्रमुख , क्याम्पसमा उपप्रध्यापकहरु र क्याम्पस स्ववियु सभापति लगाएत रहेका थिए ।
एशोसिएसनले क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल र क्याम्पसमा स्नातक तह अध्ययन गरी हाल नेपाल सरकारको उपसचिव वा सो सरह पदमा पुग्न सफल पुर्व विद्यार्थीहरु निजामती सेवाका उपसचिव श्री गणेश नेपाली, शसस्त्र प्रहरी बल सुरक्षा सेवा तर्फका डिएसपी श्यामवावु घिमिरे र शिक्षण सेवामा माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक पुण्यप्रसाद गजुरेललाई सम्मान गरेको थियो ।
त्यस्तै क्याम्पस स्थापना भएको प्रथम ब्याच २०६१ देखि २०७८ सम्म क्याम्पस प्रथम पुर्व विद्यार्थीहरुलाइ समेत सम्मान गरेको र एशोसिएसनको आजीवन सदस्यता लिएका करिव ३० जना पुर्व विद्यार्थीहरुलाई आजिवन सदस्यता प्रमाण पत्र समेत वितरण गरेको थियो
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।