स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले गरेको शिक्षक समायोजनमा नगरकै वडाध्यक्षहरुले असहमति जनाएका छन् ।
नगरपालिकामा निशुल्क शिक्षा कार्यान्वयनका लागि शिक्षक-विद्यार्थी अनुपातमा शिक्षक समायोजन गरि ३८ जना शिक्षकलाई बैशाख ४ गते सरुवा गरेको छ । सो सरुवामा ‘ राम्रोलाई भन्दा हाम्रोलाई समायोजन ,कार्यपालिका बैठकका सहमति प्रतीको तुषारापात, वडा शिक्षा समिती लाई समेत बेवास्ता गरि’ समायोजन गरेको वडा नं १४ का वडाध्यक्ष उद्वव नेपालले आरोप लगाएका छन् । सो आरोपलाई वडा नं २ का वडाध्यक्ष सुदिप श्रेष्ठले समेत समर्थन गर्दै आफ्नो फेसबुकमा साझा गरेका छन् ।
विभेदकारी समायोजन गरेकोले उनिहरुले नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, युवा खेलकुद तथा शिक्षा शाखा , नगर शिक्षा समिती र सामाजिक बिकास समितिलाई व्यङ्ग्य गर्दै विशेष धन्यवाद दिएका छन् ।
वडा नं ९ का वडाध्यक्ष बिमल श्रेष्ठले समेत सामाजिक सञ्जालमा विचार साझा गर्दै नगरको शिक्षक समायोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
चौतारा ५ का वडाध्यक्ष शिव श्रेष्ठले समेत सहमति कार्यान्वयन नभएको भनी आक्रोश पोखेका छन् ।
नेपाल र श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने बिमल नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । नगर प्रमुख कृष्णप्रसाद सापकोटा भने नेकपा माओवादीबाट निर्वाचित भएका हुन् ।
नगरपालिकामा शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा माओवादी पार्टीका कार्यकर्ता मात्रै छनौट गर्ने गरेको आरोप मेयर सापकोटामाथि छ ।
यस्तो नगरको माओवादी समर्थित शिक्षकलाई काखा र अन्यलाई पाखा गरिएको शिक्षक समायोजन सुुची
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।