स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाभरिकै उत्कृष्ट विद्यालयको सुचिमा आफुलाऊ उभ्याउन सफल श्री सिद्धिगणेश माध्यमिक विद्यालयले ६३औं बार्षिकोत्सव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७, सानोसिरुवारीमा अवस्थित विद्यालयले नगर, जिल्ला तथा प्रदेश स्तरकै विभिन्न स्पर्धाहरुमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।
वि.सं. २०१९ सालमा स्थापित विद्यालयले माघ १९ गते शनिबार ६३ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो । समारोहमा विद्यालयले ब्यवसाय, कलाकारिता र सरकारी सेवाको उच्च तहमा सेवा गरिरहेका पुर्व विद्यार्थीहरु ब्यवसायी कृष्ण धिताल, मुक्तिनाथ पराजुली , कलाकार कृष्ण प्रसाद धिताल, कृषि बैंकका अधिकृत श्यामकृष्ण नेपाललाई सम्मान गरेको छ भने ताराबहादुर श्रेष्ठ, विष्णुमाया तिमल्सिना र प्रताप नेपाललाई उत्कृष्ट वर्ष शिक्षक घोषित गर्दै सम्मान गरेको छ ।
सोहि अवसरमा एसएलसी ब्याज २०६२ ले प्रदान गरेको डिजिटल एलइडी बोर्डको उद्घाटन समेत गरियो । यसैगरी सिद्धि गणेश सामुदायिक वन र भदौरे गणेश सामाजिक संस्थाले विद्यालयलाई एक वर्षको सरसफाई सामाग्री हस्तान्तरण गरियो ।
विद्यालयको लागि थापा बुक्स चौताराका प्रोपाईटर कुमार थापाले विद्यालयको लागी स्पिकर हस्तान्तरण गरे । ब्यवसायी भुपेन्द्र थापाले २५ हजार र कृष्ण धितालले १ लाख राशिको अक्षयकोष स्थापनाको घोषणा गरेका विद्यालयका प्रध्यानाध्यापक राजकुमार यादवले बताए ।
विद्यालयमा अध्ययनरत ६० भन्दा धेरै विद्यार्थीलाई विभिन्न दाताहरुको सहयोगमा प्राप्त छात्रवृत्ति प्रदान गरियो भने विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरियो । सहयोगी दाताहरुलाइ सम्मान गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य एवम् पुर्वमन्त्री युवराज दुलालले विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा विद्यालयको अझै बढी प्रगतिका लागि शुभकामना दिए । उनले देशबाट विद्यार्थी बाहिरिएको, युवा पलायन भईरहेकोमा चिन्ता ब्यक्त गर्दै विश्वका मानिसलाई नेपाल ल्याउन सकिन्छ भन्ने चेतनाको विकास हुनुपर्नेमा जोड दिए। उनले बालबालिकाले शिक्षा कुन विद्यालयमा लिएको भन्दापनि के पढ्यो भन्ने महत्वपुर्ण रहेको भन्दै सामाजिक र राष्ट्रिय जीवनमा गरेको योगदान महत्वपुर्ण रहने बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।