स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२८ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकमा आज एकैदिन ३० जना कोरोना संक्रमित थपिदाँ १ जनाको मृत्यु भएको छ । एक सय ४८ जनाको स्वाब नमुना परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये १ जनाको मृत्यु समेत भएको हो ।
मृत्यु हुनेमा मेलम्ची नगरपालिका १२ कि ७० वर्षीया महिला रहेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो स्वाब नमुना संकलन गरिएकी ती महिलाको हिजै राति मृत्यु भएको हो । मृत्यु भएपछि उनका परिवार तथा आफन्तले दाहसंस्कार समेत गरिसकेका छन् । दाहसंस्कार सकिएपछि आएको नतिजामा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
आज नयाँ संक्रमण हुनेमा मेलम्ची नगरपालिका १२ का मात्रै १८ जना रहेका छन् । हिजो १९ जनाको स्वाब नमुना संकलन गरिएकोमा १८ जनामा कोभिड पुष्टि भएको श्वास्थ्य कार्यालय , चौताराले जनाएको छ । त्यस्तै चौतारा सँगाचोकगढी नगरपालिका ११ का एक सय २ मध्ये ८ जनामा र जुगल १ बाँसखर्कको २७ जनाको परिक्षण गरिएकोमा ४ जना गरी कुल ३० जनामा कोभिड पुष्टि भएको हो ।
यो सँगै जिल्लामा हालसम्म ४४९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको कुल संख्या २० पुगेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८