स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ जेठ, बाह्रबिसे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोसीमा अक्सिजन प्लान्ट बनाउने तयारी भईरहेको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसेमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले प्लान्ट स्थापनाको लागि तयारी भईरहेको बताएका हुन्
बस्नेतका अनुसार विभिन्न व्यवसायी तथा संघसंस्थाको सहयोगमा प्लान्ट स्थापना गर्न लागिएको हो । सो अक्सिजन प्लान्ट जिल्लाको सुनकोसी गाँउपालिकामा स्थापना हुनेछ । प्लान्ट स्थापना गर्नको लागि आवश्यक उपकरणहरु नेपालमा नपाईने भएकोले सो उपकरण आयातको लागि अर्डर भइसकेको र केही दिनमै सो उपकरण नेपाल आईपुग्ने उनले जानकारी दिए ।
बस्नेतले आजै सिन्धुपाल्चोकको लागि १०० वटा ४० लिटर क्षमताको अक्सिजन सिलिन्डर ल्याउदै अब अक्सिजन प्लान्ट समेत स्थापना गरिने बताएका हुन् । बस्नेतले यसअघि नै सिन्धुपाल्चोकको लागि १ महिनाभित्र १०० वेडको अक्सिजन सहितको अस्पताल स्थापना गर्ने घोषणा गरेका थिए । सोही घोषणाको १० दस दिनमा नै बस्नेतले १०० वटा वेड तथा १०० थान अक्सिजन सिलिन्डर ल्याएका हुन् । त्यससँगै उनले २ लाख थान सर्जिकल माक्स तथा अन्य मेडिकल सामाग्री समेत ल्याएका हुन् । सो सामाग्री अहिलेलाई आवश्यकताका आधारमा जिल्लाभर वितरण गरिने र थम सामाग्री समेत ल्याउने उनले बताएका छन् ।
बस्नेतको संयोजनमन स्थापना हुन लागेको अक्सिजन प्लान्टमा विभिन्न व्यवसायिहरुले लगानि गर्नेछन् । कोरोना अवधिभर निशुल्क वितरण हुने सो प्लान्टबाट कोरोना अवधिपछि भने व्यवसायीक हुनेछ । अहिले लगानि गरेका व्यवासायी तथा सहयोगीहरुक रकम प्लान्ट व्यवसायीक उत्पादनमा गएपछि शेयरको रुपमा रूपान्तरण गरिनेछ । यसले कोरोना अवधिभर जिल्लाका लागि निशुल्क सेवा दिने र त्यसपछि भने सहयोगदाताहरुले मुनाफा समेत आर्जन गरि दोहोरो लाभ लिनसक्ने परिकल्पना गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।