स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ जेठ,तातोपानी ।
चिन सरकारले नेपाललाई अनुदानमा दिने भनीएको लिक्विड अक्सिजन तातोपानी आईपुगेको छ । अन्य विभिन्न स्वास्थ सामाग्री सहित ३० मेटि्रक टन लिक्विड अक्सिजन आज शनिबार तातोपानी आईपुगेको हो ।
ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाएको अक्सिजन भन्सारमा आइपुगेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालय आइपुगेको हो ।
केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।
अनुदानमा प्राप्त भई नेपाल आईपुगेको सो लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने छ ।
लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटर लगायत सामान पनि चीनले पठाउने छ ।
लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने गौतमले बताए । उताबाट आउँदा पनि दमकलले स्कर्टिङ गरेको थियो । अक्सिजन बोकेको साधनलाई हरेक जिल्लाका प्रहरीले आफ्नो सीमा क्षेत्र कटाउने छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८