स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ जेठ, कात्तिके ।
कोभिड १९ को महामारीबाट स्थानीय जनतालाई सुरक्षीत राख्न जुगल—१, पाङताङका युवाहरुले टोलटोलमै पुगेर स्वास्थ्य सेवा दिन थालेका छन् । स्थानीय समाजसेवी गम्भिरदास गुभाजूको आर्थिक सहयोगमा स्थानीय युवाहरुको सक्रियतामा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो ।
एक सातासम्म सेवा दिने लक्ष्यका साथ सुरु गरिएको सो अभियानमा आज पहिलो दिन घुङाका १ सय २५ जनालाई सेवा दिइएको हो । अभियानमा जुगल पोलिक्लिनीक, कात्तिकेका डाक्टर विकास कार्की र विद्या केसीले सेवा दिइरहेका छन् । स्थानीयको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि समेत वितरण गरिएको अभियान्ता गौरब श्रेष्ठले जानकारी दिए । ‘एक जना विरामीलाई आज स्लाइन पानी सहितको सेवा दिइयो भने बाँकीलाई पनि अबस्था हेरी निशुल्क औषधि वितरण गरियो ।’ अभियान्ता श्रेष्ठले भने —‘यो अभियान एक सातासम्म सञ्चालन गरी वडाका सम्पुर्ण जनतालाई सेवा दिने हाम्रो लक्ष्य रहेको छ ।’
सो अवसरमा स्थानीयलाई कोरोनाबाट सुरक्षीत रहन विभिन्न परामर्श सहित मास्क तथा सेनीटाइजर समेत वितरण गरिएको छ । अभियानमा स्थानीय समाजसेवी गम्भिरदास गुभाजूले तीन लाख रुपैंया खर्च गर्नेछन् । अभियानमा गुभाजू सहित गौरब श्रेष्ठ, भक्तबहादुर अधिकारी, विज्ञान लामा, नवराज श्रेष्ठ लगाएतले स्वयम्सेवी भुमिका निर्वाह गरिरहेका छन् । सो अभियानमा प्रहरीहरु मोदी पाख्रीन र रामप्रसाद घिमीरेको समेत साथ रहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।