स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ असोज, चौतारा ।
माओवादीको आधार क्षेत्र मानिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुविण्डेमा नेपाली काँग्रेसको संयोजकत्वमा स्वस्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरबाट २ सय ५२ जना स्थानीय लाभान्वित भएका छन् । रोक्पा नेपाल, बौद्धको आयोजनामा र मदत नेपालको सहयोगमा सो शिविर सञ्चालन भएको हो । स्थानीय ८० वर्षिय दुर्गाबहादुर गिरीको स्वास्थ्य परिक्षण गरि शिविरको उद्घाटन गरिएको नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि एवं शिविर संयोजक चन्द्र ढुङ्गानाले बताए ।
शिविरबाट आफुले एकदमै राम्रो सुविधा पाएको स्थानीय आत्माराम सुवेदीले बताए । अर्का स्थानीय ध्रुव गिरीले शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
शिविरमा विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी समेत वितरण गरिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८