स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२३ माघ, चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालीकामा १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण भएको छ । नवनिर्मित नवलपुर प्राथामिक अस्पताल आज बागमती प्रदेशका स्वास्थमन्त्री निमा लामाले उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाँउालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा समुदघाटन गरिएको छ । ३९ कोठा रहेको अस्पताल भवनमा १५ वटा शैया र १९ जनाको शौचालय क्षमता छ ।
अस्पतालको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नागरीकको स्वास्थ्य नै पहीलो प्राथमीकता रहेको बताएका छन् । हरेक नागरीकलाई स्वास्थ्यको पहुंचमा पुर्याउन अहीलेको सरकारको पहिलो प्राथमीकता रहेको बताए । ‘बागमती प्रदेशका हरेक स्थानीय तहहरुमा जतीसक्दो छीटो सरल र सहज रुपमा नागरीकले स्वास्थ्योपचार पाउने बनाउन अहीलेको सरकार लागीपरेको छ ।’ मन्त्री लामाले भने -‘आगामी दीनमा हरेक नागरिकलाई स्वास्थ्यको पहुंचमा पुर्याउन हामी प्रतिबद्धता छौं ।’
स्वास्थ्यमन्त्रि लामाले आगामि दिनमा नवलपुर अस्पताललाइ आवश्यक पर्ने मानविय स्रोत र उपकरण उपलब्ध गराउने र कोरोना संक्रमणको जोखीम कम गर्नका लागि सबै नागरीकलाई खोपको पहुंचमा ल्याउने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै गाँउपालीकाका अध्यक्ष वशंलाल तामाङले ईन्द्रावतीका १२ वटै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए। अस्पताल तयार भएको भएपनि आवश्यक मात्रामा जनशक्ति अभावको समस्या रहेको बताए । केन्द्र तथा प्रदेश सरकारसंग समन्वय गरी जनशक्ति अभावको समस्थालाई समाधान गर्न गाँउपालीकाले आवश्यक पहल गर्ने उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।