स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४ फागुन, चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८, इर्खु र वडा नं ६, गिदाने स्वास्थ्य कार्यालयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । आज बुधबार पार्टीले सो सामग्री हस्तान्तरण गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य यास्मीन ढुङ्गाना, पूर्व केन्द्रिय सदस्य उदय सापकोटा, पार्टीका नेताहरू फणिन्द्र दाहाल, प्रविण श्रेष्ठ, चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष शेरबहादुर ठकुरी लगायतको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।
ति स्वास्थ्य कार्यालयहरूमा उपचारका लागि आउने बिरामीहरूका लागि अक्सिजनको सुविधा नभएकोले कन्सन्ट्रेटर हस्तान्तरण गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका केन्द्रिय सदस्य राजकुमार कुँवरले बताए ।
पार्टीले दिएको स्वास्थ्य सामग्रीले उपचारमा धेरै नै सजिलो हुने इर्खु स्वास्थ्य चौकीका इन्चार्ज सविन श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८