स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ चैत, चौतारा ।
स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले टाइफाइट विरुद्धको खोप लगाउने भएको छ । सिन्धुपाल्चोकका ६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको हो ।
कार्यालयका अनुसार चैत्र २५ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका ४ सय ४६ केन्द्रबाट खोप प्रदान गरिने छ । जसको लागि ४ सय ४६ जना खोप कार्यकर्ता परिचालन गरिएको खोप अधिकृत राजाराम कार्कीले बताए ।
सबै स्थानीय तहका विद्यालय र सम्वन्धित वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसका लागि ८ सय ९२ स्वयमसेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिए । बालबालिबाहरुलाई २० हजार ३ सय ९० भाईल खोप प्रदान गरिनेछ ।
बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकालाई लक्षित गरि नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप १ पटक लगाए आजीवनसम्म पुुग्ने खोपले टाईफाईड सार्नबाट रोक्नुका साथै रोग निर्मूल पार्न सहयोगी हुने भएकाले अन्य समूहकालाई पनि क्रमिक रुपमा खोप लगाउने बताइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८