स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ चैत, चौतारा ।
नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत टाइफाइड विरुद्धको खोप सिन्धुपाल्चोकमा पनि शुरु गरिएको छ । आज मंगलबार श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रम गरी खोप अभियान सुरुआत गरिएको हो ।
१५ महिना देखी १५ वर्ष सम्मका बालबालिकालाई यो खोप लगाइनेछ । यो उमेर समुहका धेरै बालबालीका विद्यालयमा हुने भएकाले विद्यालयहरूलाई नै खोप केन्द्र तोकिएको हो । विद्यालय नजाने यसै उमेर समुहका बालबालिकाहरूलाई पनि नजिकको विद्यालयमै गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालय, चौताराका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजाराम कार्कीले बताए ।
सिन्धुपाल्चोकमा रहेका सबै ५७ हजार ९९० बालबालिकालाई यो अभियानमा खोप लगाउने लक्ष्य कार्यालयले लिएको छ । यो अभियान चैत ३० गतेसम्म चल्नेछ । चैत २९ गतेसम्म तोकिएको विद्यालयहरूमा खोप लगाइनेछ भने सो अवधिमा छुटेका बालबालिकालाई चैत्र ३० गते वडामा रहेका स्वास्थ्य संस्थाहरूमा खोप लगाइने छ ।
खोप लगाउँदा सामान्य असर देखिएपनि आत्तिन नहुने बरु असर कम नभएमा स्वास्थ्यकर्मीलाई खबर गरी तुरुन्त नजिकको अस्पतालमा लैजान कार्कीले अनुरोध गरे । कोभिड १९ तथा अन्य कुनै खोप लगाएको १४ दिन पुरा नभएकाहरूले भने यो खोप लगाउन नमिल्ने समेत उनले बताए । ज्वरो सहित अन्य बिरामी अवस्थामा रहेका बालबालिकाले समेत यो खोप लगाउन हुदैंन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।