स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालमा आगामी बैशाख १ गतेदेखि सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।
सरकारले अन्तःशुल्क नियमावलीमा २४ औँ संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।
सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरूले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठान १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रूपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’
सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरूको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ । अहिले खासगरी भारतबाट अन्धाधुन्ध यस्ता वस्तु नेपाल आयात भइरहेका छन् ।
आन्तरिक राजस्व विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागु गर्ने गरी तयारीमा जुट्न सुर्ती उत्पादकहरूलाई सचेत गराएको छ । जैविक रूपमा सडेर जाने सामग्रीमा मात्रै यस्ता वस्तु प्याकिङ गर्न र पैठारीमा समेत यही नियम लागु हुने भन्दै यसको आवश्यक तयारीमा जुट्न विभागले प्रतिष्ठानहरूलाई सचेत गराएको हो । १ वैशाख २०८१ देखि यो प्रावधान कार्यान्वयन नगरेमा कानुन अनुसार कारावाहकको चेतावनी सरकारले दिएको छ । प्रशासनबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।