स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढि नगरपालिकाले जनशक्ति सहयोग गरेपछि चौतारा अस्पतालले फिजियोथेरापी सेवा पुन:सञ्चालनमा ल्याएको छ । गैरसरकारी संस्थाको सहयोगमा सञ्चालन भईरहेको सेवा संस्थाको परियोजना सकिएसँगै रोकिएको सेवा पुनः सुरुवात भएको हो ।
अस्पतालमा वि.सं २०७२ सालदेखी २०७९ पौष सम्म ह्याण्डीक्याफ्ट इन्टरनेशनलको सहयोगमा सो सेवा सञ्चालन गरिएको थियो । जनशक्ति अभावमा रोकिएको सेवा चौतारा साँगाचोकगढी नगरपालिकाले फिजियोथेरापिस्ट र आवश्यक उपकरण उपलब्ध गराएपछि अस्पतालले पुनः सेवा सुचारु गरेको हो ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् । नगरप्रमुख सापकोटाले फिजियो थेरापीस्ट र अस्पतालले गुणस्तरीय सेवा दिन अस्पताललाई आग्रह गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८