स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको अत्याधुनिक चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो भवनको आज एक समारोहका बिच उद्घाटन गरेका हुन् ।
मित्र राष्ट्र चीनको सहयोगमा निर्माण भएको नेपालका लागि चिनिँया राजदूत चेन सोङ्गले हस्तान्तरण गरी प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकार अन्तर्गत रहेको अस्पताललाई १५ शैया क्षमताबाट ५० शैयामा स्तरोन्नती समेत गरिसकिएको छ । सोही क्षमताको अस्पताल चीन सरकारको सहयोगमा निर्माण भएको हो ।
भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकको प्रमुख स्वास्थ्य संस्था निर्माण गर्न सहयोग गरेकोमा चिन सरकारलाई धन्यवाद दिए । ‘भवन मात्रै होइन, सेवा र सुविधामा पनि यो अस्पताल देशकै नमुना अस्पताल बनाउनुपर्छ ।’ प्रधानमन्त्री दाहालले भने —‘यसको लागि बागमती प्रदेश सरकारले सहयोग गरिरहेको छ, थप सहयोग आवश्यक परेमा संघीय सरकारले समेत सहयोग गर्नेछ ।’
भएका संरचनाहरू वि.सं. २०७२ सालको महाभूकम्पमा ध्वस्त भएको अस्पताल करिब पाँच वर्ष टेन्टमा सञ्चालन भएको थियो भने हाल अस्थाई प्रिफ्याबका भवनबाट सञ्चालन हुँदै आएको छ । पुनर्निर्माणका लागि चीन सरकारले ६ करोड १० लाख आरएमबी अनुदान सहयोग गर्ने सम्झौता अनुसार ९ सेप्टेम्बर २०२२ मा भवन निर्माणकार्य सुरु गरिएको थियो । अस्पताल भवन निर्माणका लागि सन् २०१८ अगस्ट १५ मा चीनको अर्थ मन्त्रालय अन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेशन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच काठमाण्डौमा सम्झौता भएको थियो । चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल नाम दिएइको उक्त परियोजना करिब १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको हो ।
५० शैया क्षमता रहने सुविधा सम्पन्न अत्याधुनिक अस्पतालको मेडिकल कम्प्लेक्स बिल्डिङमा ९३ स्टोरेज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको छ । भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस, फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छ । भुइँतलामा चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ ।
भवनमा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी कक्ष, पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । भवनको पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरङ्ग विभाग, सो क्लासरुम, सात शैयाको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् ।
दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन् । तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन् । अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन् । सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको जनाएको छ ।
नेपाल सरकारलाई औपचारिकरुपमा हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने र उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउनेछन् । भवनका सबै तल्लामा स्ट्रेचर बेड गुडाएर लान सकिने गरी ¥याम्प समेत निर्माण भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।