स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय बनाउदै लगेको छ । अस्पतालमा आजबाट मृगौला पिडीत बिरामीहरुको लागि डायलासिस सेवा समेत शुरु गरेको हो ।
रिफर सेन्टरको रुपमा बदनाम कमाएको अस्पतालले पछिल्लो समयमा उपचार सेवामा उल्लेख्य सुधार गरेको छ । कुनै समय सामान्य बिरामीलाई समेत अन्य अस्पतालमा रिफर गर्ने गरको भनी स्थानियको आलोचना खेपेको अस्पतालमा सेवामा सुधारसँगै डायलासिस सेवा समेत पाएपछि बिरामीहरु खुसि भएका हुन् ।
अस्पतालमा हाल ५ वटा डायलसिस गर्ने उपकरण रहेका छन् । १ पटकमा ५ जना बिरामीलाई सो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिमप्राप्त नर्सले सेवा दिनेछन् एकजना मृगौला पिडीतले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । यसको लागि राजधानी काठमाडौंको मंहगो अस्पतालमा पुग्नुपर्ने बाध्यता भने अब घटेको हो ।
अस्पतालमा हाललाई सो सेवा निशुल्क प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८