स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, भोटेनाम्लाङ र थाङ्पालथापमा दुई दिनसम्म चलेको बृहत् स्वास्थ्य शिविरबाट ५ हजार भन्दा धेरैले सेवा लिएका छन् ।
विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालय, चौतारा अस्पताल तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिएको थियो ।
शिविरबाट ५ हजार ३५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सुचना अधिकारी डा. अमरदिप शाहले बताए ।
सिन्धुपाल्चोककै दुर्गम गाउँपालिका मध्येमा पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नं ७ भोटेनाम्लाङमा मंगलबार बागमती प्रदेश स्वास्थ मन्त्री किरण थापाले र वडा नं ६ थाङ्पालथापमा बुधबार बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले शिविरको उद्घाटन गरेका थिए ।
भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुविधाका लागि शिविरले फाइदा पुर्याएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ग्रामिण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीले शिविरको प्रत्यक्ष लाभ लिएको गाउँपालिकाले जनाएको छ ।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।