स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेलम्बुका २ र ३ बर्ष उमेरका दुइ नाबालकहरु विचल्ली हुनबाट जोगिएका छन् । श्रीमान् गुमाएकी २० बर्षीया आमा बालबालीका छाडेर विदेश जान लागेकोमा उनलाई मासिक सहायता रकम उपलब्ध गराएपछि नाबालकको विचल्ली हुनबाट रोकिएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६, धाप्सुङकी २० बर्षीया सुकुमाया तामाङको श्रीमान् बीरबहादुर तामाङ स्याउला काट्न रुखमा चड्दा खसेर मृत्यु भएको थियो । ३ बर्षीया छोरी मनिसा तामाङ र २ बर्षीया छोरा बिराजलाई किशोरी आमाको भरमा छाडेर बाबु देवताको प्यारो भएपछि उनी ती नाबालकहरु आफ्नो माइती गोरखामा छाडेर विदेश जाने तयारीमा लागिन् । परिवारमा कमाउने कोही नभएपछि पासपोर्ट बनाएर सुकुमाया भारी मन लिएर नाबालक छाड्न तयार भएकी थिइन् ।
हाल हेलम्बुकै चिनिखर्कमा बस्दै आएकी सुकुमाया आफ्नो कलिला बालबालिकाको भविष्यलाई जोखिममा राखेर लिएको यो निर्णय कम पिडा दायक थिएन । उनको यो पिडा जस्ट नेपाल फाउण्डेसनका सहजकर्ताहरुले थाहा पाएपछि उनलाई घरमै बस्न प्रेरित गर्दै छोराछोरीको पालनपोषणका लागि मासिक ५ हजार रुपैंया दिन थालेपछि सो परिवार बिचल्ली हुनबाट जोगिएको सहजकर्ता नवराज शाहले बताए । उनलाई गत वर्षको पुसदेखि पाँच वर्षसम्म नियमीत पाँच हजार रुपैंया प्रदान गर्दै आएको छ ।
फाउण्डेसनले सो रकम हरेक महिना उनको घरमा नै पुगेर स्थानीय जनप्रतिनिधि मार्फत प्रदान गर्ने गरेको छ । सुकुमायाले अहिले नजिकैको केही समय गुम्बामा खाना पकाउने काम समेत गरेकी थिइन् । फाउण्डेसनको यो सहयोगपछि आफुमा सकारात्मक उर्जा भरिएको र अब विदेश जाने कुराको कल्पना समेत गर्न छाडेको उनले बताइन् । ‘अहिले मेरो र मेरो बालबच्चाको पालनपोषण गर्न केही सहज भएको छ भने मौसम अनुसारको कपडा समेत लगाउन पाएका छन् ।’ उनले भनिन् । अहिले सुकुमायाँले फाउन्डेसनको सहयोग र गत महिनाबाट आउन थालेको सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाइरहेकी छिन् ।
फाउण्डेसनको ‘हाम्रो समुदायः हाम्रो विद्यालय–हेलम्बु’ कार्यक्रमबाट सुकुमायालाई नियमीत मासिक सहयोग गरिरहेको छ भने एकपटकका लागि बहुपक्षिय अपाङ्गता भएकी हेलम्बु–५, सिरिसेकी १५ बर्षकी उर्मिला तामाङलाई ६ हजार ११० रुपैयाँ बराबरको रकमको तन्दा, ओछ्याउने, सिरक, सिरानी, कपडाहरु, रातको समयमा किरा मार्न राखेको विष झुकिएर सेवन गरेकी हेलम्बु–३ पाल्चोककी ४३ बर्षकी मिन कुमारी श्रेष्ठलाई वडा कार्यालयको अनुरोधमा दश हजार रुपैयाँ बराबरको सहयोग, बहुपक्षिय अपाङ्गता भएकी हेलम्बु ३ की संगिता तामाङलाई परिवारको अनुरोधमा दश हजार रुपैयाँ बराबरको आवश्यकीय कपडा, सफाइका सामाग्री, खेलौना सहयोग गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।