स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ बैशाख, चौतारा ।
आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोकमा ३१ मतदान केन्द्र थप भएका छन् । बैशाख ३० गते हुने निर्वाचनमा १ सय ४४ मतदान स्थलका ३ सय १६ मतदान केन्द्रमा मतदान हुने भएको हो ।
गत निर्वाचनमा जिल्लाका १ सय ४४ मतदान स्थलका २ सय ८५ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा सबैभन्दा बढी मतदान केन्द्र चौतारा साँगाचोकगढी नगरपालिकामा रहने भएको छ । नगरपालिकाका २० मतदान स्थलका ४८ मतदान केन्द्रमा चुनाव हुने जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी विकाश रिजालले बताए ।
यसैगरी मेलम्ची नगरपालिकामा १४ मतदान स्थलका ४५ मतदान केन्द्र, बाह्रबिसे नगरपालिकामा १३ मतदान स्थलका २७ मतदान केन्द्र रहनेछ । सिन्धुपाल्चोक जिल्लामा १ लाख ३२ हजार २१२ पुरुष र १ लाख २३ हजार ५ सय महिला गरी कुल २ लाख ५५ हजार ७१२ मतदाताले मतदान गर्न पाउनेछन् ।
निर्वाचनका लागि सिन्धुपाल्चोकमा राष्ट्रिय मान्यता प्राप्त ६ दल मध्य ५ दल र अन्य १९ दल सहित २४ दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त लोकतान्त्रीक समाजवादी पार्टी नेपालले भने सिन्धुपाल्चोकमा दल दर्ता गराएको छैन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८