स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकका राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रयोग गरिएका प्रचारसामग्री २४ घण्टाभित्र हटाउने प्रतिवद्धता जनाएका छन् । सोमबार सिन्धुपाल्चोकको चौतारामा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा दलहरूले सो प्रतिवद्धता जनाएका हुन् ।
सिन्धुपाल्चोक जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनावचिन्ह प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन, नियमानुसार भन्दा धेरै सवारी साधन प्रयोग सिन्धुपाल्चोकका प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एमाले यसमा सबैभन्दा अगाडि छ भने नेपाली कांग्रेस , नेकपा एस, राप्रपा लगायतका पार्टी पनि आचारसंहिता उल्लंघन तँछाडमछाड गरिरहेका छन् । यो बैठकपछि भने दलहरूले त्यस्ता प्रचारसामग्री हटाउने प्रतिवद्धता जनाएको सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृत एवम् अनुगमन समितिका संयोजक चन्द्रप्रकाश तिवारीले बताए ।
सिन्धुपाल्चोकमा आचारसंहिता उल्लंघन गर्न दलहरूबीच प्रतिष्पर्धा नै चलेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकमा क्रियाशील रहेका प्रमुख राजनैतिक दल हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन लगायतका दल पनि सिन्धुपाल्चोकमा क्रियाशील छन् । उनीहरूमा दलगत प्रतिष्पर्धा भन्दा आचारसंहिता उल्लङ्घनको प्रतिष्पर्धा भने धेरै देखिन्छ । दलहरूले अबको २४ घण्टाभित्र आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन मञ्जुर गरेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।