स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
११ असार, लमजुङ ।
जेठको अन्तीममा मनाङको चामे, नासु र मनाङ मर्याङ्दी खोलामा आएको बाढीले क्षती पु¥याएको क्षतीमा सिन्धुपाल्चोकका व्यवसायीहरुले मल्हम लगाउन प्रयास गरेका छन् । ती प्रभावित स्थानीयलाई सिन्धुका व्यवसायीहरुले विभिन्न राहत सामग्री प्रदान गरेका हुन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघले संयुक्त रुपमा लमजुङमा पु्गेर राहत सामग्री सहयोग गरेका हुन् । व्यवसायीहरुले २ सय बोरा चामलसहित २५ बोरा दाल, २० बोरा नुन, २५ कार्टुन तेल, १० बोरा चिउरा र १ सय ५० कार्टुन चाउचाउ सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) ले बताए । ती सामाग्री मस्र्याङ्दी होटल चेयरम्यान कान्छा गुरुङ सहित होटल व्यवसायीहरु त्रिपल गुरुङ र पाल्यासाङ गुरुङलाई हस्तान्तरण गरिएको हो ।
मनाङसम्म पुग्नको लागि सडक यातायात नभएकोले लमजुङसम्म सडकबाटै ती सामग्री पु¥याईएको हिमालय सिमापारका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए । सामाग्री वितरण गर्दा सिन्धुपाल्चोकका तर्फबाट उवासंघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, सदस्य भुपेन्द्र भण्डारी, आजिवन सदस्य रामबाबु श्रेष्ठ एवम् हिमालय सिमापारका उपाध्यक्ष सुजित बस्नेत सहभागी भएका थिए । त्यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिग्देल र निवर्तमान अध्यक्ष राजेश थापाले धन्यवाद व्यक्त गरेका थिए ।
विभिन्न विपत्तिहरुमा संधै पीडितको आँशु पुछ्न अगाडी पुग्ने जिल्लाका व्यवसायीहरुले मेलम्ची बाढीमा समेत मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई घटनास्थलमा नै पुगेर विभिन्न राहत सामाग्री वितरण गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।