स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ असोज, चौतारा ।
चाडपर्वको पुर्वसन्ध्यामा बजार अनुगमन गर्दा बरामद गरिएका विभिन्न खाद्य सामग्री जलाएर नष्ट गरिएको छ । सिन्धुपाल्चोकका विभिन्न बजारमा म्याद नाघेका, म्याद नै उल्लेख नभएका तथा अन्य रुपले खान योग्य नदेखिएर बरामद गरिएका खाद्य सामग्री आज नष्ट गरिएको हो ।
घरेलु तथा साना उद्योग विकास समितिको प्राङ्गणमा ति सामग्री जलाएर नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघु सहित जिल्लाका विभिन्न कार्यलयका प्रतिनिधि तथा पत्रकारको उपस्थितीमा ती सामग्री जलाएर नष्ट गरिएको हो ।
आलुचिप्स, चामल, तेल, बदाम लगाएत विभिन्न २० प्रकारका सामग्री अनुगमनको क्रममा बरामद गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख रामशरण गौतमले बताए । ‘केही खाद्यान्नमा उत्पादन मिति नै उल्लेख नगरेको, केही म्याद गुज्रेको, केहीमा लेभल नै नलगाइएको अवस्थामा बरामद गरिएको थियो’, गौतमले भने —‘त्यस्ता सामग्रीले उपभोक्तको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने भएकोले बरामदपछि नष्ट गरेका हौं ।’
जिल्लामा बेलाबेलामा यस्ता अनुगमन हुन जरुरी रहेको सरोकारवालाहरुले बताउदै आएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८