स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२७ चैत, चौतारा ।
हलो बनाउन रूख काट्न जाँदा आफूले काटेकै रुखले थिचेर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ मा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ६६ वर्षका पेम्बा वाङ्दी तामाङ रहेका छन् । आफैँले काटेको रूख ढल्दा घाँटी र छातीमा च्यापी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।
आइतबार हलो बनाउन घर नजिकै रहेको लाक्पा टुसामा रहेको सेर्पोडाँडा भूमेथान सामुदायिक जङ्गलमा गई कटुसको रूख काट्ने क्रममा सो रूख ढली उनको मृत्यु भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८