स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
असोज १२ को अविरल बर्षाले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेका तातोपानी नाका तुइनले जोडिएको छ । शनिबारको भोटेकोसी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइन राखिएको हो ।
भोटेकोशी गाउँपालिका-२ , लार्चामा रहेको बेलिब्रिज बगाएपछि सिमाक्षेत्र लिपिङका स्थानिय सडक सम्पर्क विहिन भएका थिए । पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानियले आवातजावत गर्न पाएका छन् । तुइन असुरक्षित हुने र सडक समेत सञ्चालन गर्नुपर्ने भएकोले सो स्थानमा फड्के बनाउने तयारी समेत भइरहेको छ ।
सडक डिभिजन कार्यालयको १ वटा र भोटेकोसी गाउँपालिकाको १ गरि २ वटा स्काभेटर र टिपर प्रयोग गरि ह्युम पाइप राखेर सडक बनाउने गरि धमाधम काम भइरहेको भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठले बताए ।
‘खोला घटीसकेको छैन ।’ वडाध्यक्ष श्रेष्ठले भने ‘त्यसैले जोखिमै भएपनि स्थानियलाई आउजाउका लागि तत्काल तुईन हालिएको हो ।’ दुई दिनसम्ममा फड्के समेत हालिसकिने योजना रहेको उनले बताए ।
लिपिङ खोलाले लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलमा समेत क्षति पुर्याएको छ भने अरनिको राजमार्गमा समेत क्षति छ । सो पुल तथा सडक मर्मत समेत सुरुवात गरिएको छ ।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेका छन् । उता चीनतर्फ पनि सडक अवरुद्ध भएकाले सामान ल्याउन समय लाग्ने भएपछि व्यवसायी झन् मारमा परेका छन् । नेपालतर्फका सामान भने तुइनबाट तारेर भएपनि भन्सारसम्म ल्याउने व्यवसायीले जनाएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।