स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको पहिरोमा पनि ज्यान तथा घरबास गुमाउने परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार राहतस्वरूप खाद्यान्न तथा विभिन्न लत्ताकपडा उपलब्ध गराएको छ ।
पार्टीको तर्फबाट बागमती प्रदेश सभा सदस्य कुमारी तामाङ र निर्वाचन ७९ का प्रदेशसभा उम्मेदवार दिपक थापाको सहजकिरणमा सिन्धुपाल्चोक जुगल गाउँपालिका १, सेलाङ, कुनेगाउँमा राहत सामग्री वितरण गरिएको हो । सो स्थानमन पहिरोको कारण ४ जनाको ज्यान गएको थियो भने २ जना अझै वेपत्ता छन् । १० परिवार विस्थापित भएका छन् ।
पहिरो प्रभावितहरुलाइ प्रकाश मानवसेवा साँस्कृतिक झाँक्री केन्द्रका अध्यक्ष प्रकाश भुजेल मार्फत उपलब्ध १०/१० थान सिरक, डसना, सिरानी तथा तन्ना र मृतक परिवारलाई २० हजार नगद तथा नेपाल भारत मैत्री संघ मार्फत प्राप्त २० बोरा चामल सहित दाल, तेल, नुन, मसला तथा चिनि लगाएत खाद्य सामग्री पहिरोले प्रभावितलाई वितरण गरेको दिपक थापाले बताए ।
पार्टीको सहजिकरणमा करिब १ लाख ७० हजार रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराइएको र सो सामग्री प्रदेश साँसद तामाङ लगातको टोलीले आफैंले बोकेर घरघरमा पुर्याइदिएको राप्रपा जुगल १ का इकाई अध्यक्ष प्रेमबहादुर थापाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८