स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढि नगरपालिकाको दमकल सवारीचालक अनुमतिपत्र बिहिन चालकले चलाइरहेको पाइएको छ । वि.सं. २०७४ सालमा दमलक चालकको रुपमा नगरपालिकामा नियुक्त भएका सवारीचालक चमारसीं तामाङको दमकल चलाउन पाउने अनुमतिपत्र नै नभएको पुष्टी भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार दमकल चलाउनका लागि वर्ग ‘I’ (आई) को सवारीचालक अनुमतिपत्र आवश्यक पर्दछ । तर सवारीचालक तामाङसँग भने साना सवारीसाधन चलाउन पाउने वर्ग ‘B’ (बि) को अनुमतिपत्र मात्रै भएको पाईएको नगरपालिकाका एक अधिकृतस्तर कर्मचारीले खुल्लापानालाई बताए ।
सो बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेपछि मात्रै यस्तो तथ्य बाहिरिएको हो । अख्तियारको पत्रपछि नगरपालिकाले घटनालाई गोप्य राख्दै अख्तियारमा कर्मकाण्डी जवाफ पठाइसकेको स्रोतले बताएको छ । नगरपालिकाले चमारसिंलाइ उन्मुक्ति दिदैं कृषि एम्बुलेन्स चलाउन दिने समेत तयारी गरिरहेको छ । नियमानुसार यस्तो घटनामा अनुमतिपत्र बिना सवारीसाधन चलाउने चालकबाट हालसम्म खाईपाई आएको तलबभत्ता फिर्ता गरि कारबाही समेत भोग्नुपर्छ ।
उक्त दमकल ७ महिनादेखि थन्क्याएर समेत बसेको छ । दमकल थन्किएर बसे पनि चालकले तलबभत्ता भने लिइरहेका छन् । गत बैशाख महिनामा दमकल मर्मतका लागि कोटेशन आह्वान गरेकोमा करीब ८ लाख रुपैयाँमा दमकल मर्मत गर्नेगरि धुलिखेलको एक मर्मत केन्द्रमा लगिएको थियो । मर्मत कार्य शुरु गरेपछि थप रकम लाग्ने बताएपछि मर्मत रोकिएको थियो ।
हाल भने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको निर्देशनमा थप शुल्क तिर्नेगरी मर्मत कार्य शुरु गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।