स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१० फागुन, काठमाडौं ।
केन्द्रीय तथ्याङ्क विभागले कृषिगणनाका लागि छ हजार तीन सय कर्मचारीको माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले मङ्लबार गणक तथा सुपरीवेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
विभागले कृषिगणनाका लागि करारमा ५ हजार २३ जना गणक र १ हजार २ सय ८० जना सुपरीवेक्षक भर्ना गर्ने तयारी गरेको हो । गणक तथा सुपरीवेक्षक पदमा काम गर्न इच्छुकका लागि अनलाइनमार्फत दरखास्त खुला गरिएको छ । विभागले करारमा गणक तथा सुपरीवेक्षक भर्ना गरेपछि आवश्यक तालिम दिई काममा खटाइनेछ ।
गणक र सुपरीवेक्षक पदका लागि इच्छुकले २०७८ फागुन १० गतेदेखि चैत ७ गतेभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरूका लागि चैत्र १ गतेदेखि चैत ७ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको छ ।
सुपरीवेक्षकले मासिक ३० हजार २०० र गणकले मासिक २८ हजार ६१० रुपैयाँ तलब दुई महिनासम्म पाउनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८