स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१० मंसिर, ढाँडे ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जुगल गाउँपालिकामा रेशम स्याङ्बोले नेतृत्व पाएका छन् । आज शुक्रबार भएको पार्टीको जुगल गाँउपालिका सम्मेलनमार्फत उनी सो पालिकाको पार्टीको अध्यक्ष बनेका हुन् ।
सम्मेलनमा एमाले र नेपालीकांग्रेस परित्याग गरी दुई सय ५० भन्दा युवाहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् ।
३ कार्यकाल तत्कालीन सेलाङ गाविस सभापति भइसकेका गजेन्द्र थापा सहित एमालेका युबा नेता प्रदीप श्रेष्ठ , सुमन श्रेष्ठ, २०५४ सालमा एमाले बाट वडा अध्यक्ष निर्वाचित टंक श्रेष्ठ लगायत २५० भन्दा बढी युवाहरु आफ्नो पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टीका केन्द्रिय सदस्य माधब सापकोटा सुबोधको प्रमूख अतिथ्यता र बाग्मती प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा रवि, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिङ तामाङको बिशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो।
मेयर अमानसिङ तामाङले भने माओवादी पार्टी परिवर्तनको संवाहक भएकोले जनताको साथी भनेकाे नै माओबादि केन्द्र भएको बताए ।
सम्मेलनका प्रमुख अतिथि सापकोटाले नवप्रवेशी युवाहरुलाई आफ्नो क्षमता अनुसार जिम्मेवारी दिएर अघि बढाउने प्रतिवद्धता जनाएका छन् । उनले माओवादी केन्द्र सर्वहरा वर्ग को पार्टी भएकोले याे सबैको साझा पार्टी भएको र समाज परिवर्तन गर्नको लागि सुख दुःखमा साथ दिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।
उक्त सम्मेलनबाट अध्यक्षमा स्याङ्गबो सहित उपाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, ईश्वर गुभाजु ,बहादुर गोले , सचिब तुलनाथ घिमिरे सह सचिव जग बहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।