स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे छलफल तथा अन्तरकृया गरिएको छ । आइतबार बागमती प्रदेश सभा सचिवालयको आयोजनामा उक्त छलफल गरिएको हो ।
बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले कार्यक्रमको उद्घाटन गर्दै सभामुख कानुनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । यस्तै बागमती प्रदेशकी उपसभामुख अपसरा चापागाईले बागमती प्रदेशको कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताइन् ।
छलफलमा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संसोधन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशमा प्रदेशले निर्माण गरेका कानुन र कार्यान्वयनको अवस्था बारे जानकारी गराएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८