स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१८ माघ, चौतारा ।
तामाङ समुदायले धुमधामका साथ मनाउने ल्होसार पर्व यस वर्ष साँगाचोकमा मनाइने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाभरीका तामाङ समुदायले साँगाचोकको मानेडाँडामा ल्होसार मनाउने भएका हुन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोेकगढी नगरपालिका—११, मानेडाँडामा माघ ३० गते विश्वशान्ति पुजा सहित त्रिपीटक बुद्ध ग्रन्थ बुम पाठ तथा ह्राव्ने(प्राण प्रतिष्ठान) मोन्लाम गर्ने चौताारा तामाङ घेदुङका सल्लाहकार समर तामाङले बताए । सोही दिन विश्व शान्ति पुजा संगै बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम समेत हुने तामाङले बताए ।
सागाचोकको श्री छिमिटासि छिलिङ्ग गुम्बाको प्राङ्गणमा माघ २६ गतेबाट पुजापाठ शुरु भई ३० गते भव्य सांस्कृतिक कार्यक्रम सहित ल्होसारको समापन हुने छिमीटासी छिलिङ गुम्बाका अध्यक्ष दिनेश लामाले बताए । पाँच दिन सम्म हुने विश्व शान्ति पुजा एवम २८५७ औं सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना भने संयुक्त रुपमा छिमिटासि छिलिङ्ग गुम्बा , नेपाल तामाङ घेदुङ चौतारा नगर र राष्ट्रिय आदिवासि जनजानि महिला संघ सिन्धुपाल्चोकले गर्ने लामाले बताए ।
सल्लाहकार तामाङका अनुसार माघ २६ गते चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख अमानसिं तामाङले वृहद् ¥याली सहित कार्यक्रमको उद्घाटन गर्नेछन् । सो कार्यक्रममा धर्मगुरु खेन रिम्पोछे फुर्वा दोर्जे पाख्रिन समेत उपस्थित हुनेछन् । माघ २७ र २८ गते त्रिपीटक पाठ गरी २९ गते विभिन्न सरुवा रोग निवारणको लागि ग्यासी पुजा गरि प्रशाद वितरण गरिनेछ ।
माघ ३० गते भने लामा, डम्फु तथा झाँक्रि नाच सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुले विशेष साँगीतिक प्रस्तुती दिनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।