स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१८ असार, बाह्रविसे ।
पुरातत्व विभाग र पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका—८, मानेश्वाँराको गोल्मा भिमसेनको जिर्णोद्वार हुन थालेको छ । करिब ७५ लाखको लागतमा सो मन्दिरको जिर्णोद्वार भइरहेको हो ।
विंं.सं.१९११ सालसम्मको दस्तावेज भएको पुरात्वत्तिक इतिहाँस बोकेको सो मन्दिर पुरातत्व विभाग र पर्यटन मन्त्रलायको सहयोगमा जिणोद्वार हुन थालेको हो । मन्दिर जिर्णोद्वारको लागि पुरातत्व विभागबाट विनियोजित ६९ लाख बराबरको काम यसअघि नै सम्पन्न भइसकेको छ । सोही मन्दिर संरक्षणका लागि पर्यटन मन्त्रालयबाट विनियोजित ४ लाख रुपैंयाले मन्दिर संरक्षणको लागि पर्खाल लगाउने काम पनि हालसालै सम्पन्न भएको गोल्मा भिमसेन मन्दिर संरक्षण समिति अध्यक्ष गौरीशंकर नेपालले बताए ।
वि.सं. १८१५ मा नै काब्रो भन्ने रुखको फेदमा गोल्मा भिमसेन, बासुकी नाग र सेतीदेवीको पुजा गर्न थालिएको किम्बदन्ती रहेको स्थानीयको भनाइ छ । सोही समयमा तत्कालीन तालुकेले मन्दिरको संरक्षणको लागि ३० रोपनी खेत समेत दिएर गुठी बनाइएको छ । त्यसपछि लगातार पुजाआजा हुँदै आएको भएपनि वि.सं. १९११ सालमा तत्कालीत प्रधानमन्त्री जंगबहादुर राणा सोही मन्दीरको बाटो हुँदै दुगुनागढीबाट चिँनीया फौजसँग लडाँइ गर्न जाँदा सो मन्दीरमा भाकल गरेको र लडाँइ जितेर फर्केपछि मन्दिरमा नियमित पुजाआजा गर्न लगाइ ३० रोपनी थप खेतको व्यवस्था गरिदिएको लिखित दस्तावेज भेटिन्छ । सोही दस्तावेजको आधारमा सो मन्दिर ६९ लाख रुपैंयाको लागतमा पुरातत्व विभागले जिर्णोद्वार गरेको हो ।
मन्दिर जिर्णोद्वार सहित करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको सो स्थानलाई बहुपयोगी रुपमा पुर्वाधार विकास गर्ने योजना समेत समितिको छ । सो स्थानमा भवन निर्माण गरि अपाङ्गमैत्री तालिम केन्द्र, बालबाटीका, वृद्धवृद्धा आरामस्थल र प्राकृतिक विपत्तिमा परेकाहरुलाई अस्थाइ आवासको रुपमा समेत विकास गर्ने लक्ष्य उनीहरुको छ । त्यसको लागि पर्यटन मन्त्रालयबाट चालु आर्थिक वर्षमा ४ लाख रुपैंया विनियोजन गरि टेवा पर्खाल लगाउने काम समेत सम्पन्न भइसकेको छ । आवश्यक आर्थिक व्यवस्था भइ सोचेअनुरुपको पुर्वाधार निर्माण हुन सकेमा अपाङ्गता भएका आफुजस्ता व्यक्तिहरुलाई धेरै खुसी लाग्ने स्थानीय गोविन्द नेपालले बताए ।
मन्दिर धेरै नै पुरानो इतिहाँस बोकेको र आफुहरुले चिताएको कुरा प्राप्त भइरहेकोले आफुहरुलाई गोल्मा भिमसेनप्रति पुर्ण आस्था भएको स्थानियहरु बताउछन् । मन्दिर निर्माणको लागि केही जमिन समितिका अध्यक्ष नेपालले दान समेत दिएका छन् । नेपाल बन्धुहरु नै पुजारी भएर दैनिक रुपमा नियमित पुजा भइरहेको सो मन्दिरमा गुढीको जग्गा कमाउनेले पछिल्लो समय अन्न दिन थालेपछि भने संकटमा पर्दै गएको छ ।
पुरातत्व विभाग र पर्यटन मन्त्रालयले थप रकमको लागि आश्वासन समेत दिएको र सो रकममा अपुग जनस्तर वा संघसँस्थाबाट संकलन गरेरै भएपनि निर्माण पुरा गरिछाड्ने समितिको प्रतिवद्धता छ । सो मन्दिरको संरक्षणको लागि स्थानिय र प्रदेश सरकारले भने कुनै चासो नदिएको उनीहरुको आरोप छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।