स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ साउन, चौतारा ।
परापूर्व कालदेखि नेवार समुदायले मनाउँदै आईएको घण्टाकर्ण पर्व सिन्धुपाल्चोकको चौतारामा यसवर्ष पनि मनाईएको छ । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई गथामुंगः च:हे भनेर चिनिन्छ ।
गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको छ । यो पर्व गठेमंगल नाम गरेको राक्षस मारिएको खुसियालीमा बिहानै हरियो नर्कट, निगालो, गहुँको छ्वाली मिसाएर घण्टाकर्णको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ । अन्त्यमा घण्टाकर्णको प्रतिमालाई आगोले जलाइन्छ या खोलामा लगेर बगाइन्छ ।
यसदिन बालबालिकाहरुले घण्टकर्णको प्रतिमा बनाइ बटुवाहरुसँग दान लिन्छन्, दिन नमानेका बटुवाहरुलाई घण्टाकर्णको नाति भनेर जिस्काउँछन् । भूतप्रेत भगाउने यो गठेमंगल पर्व सकिएसँगै चाडपर्वहरु भित्रीने चौतारामा स्थानीय संसार श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८