स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ चैत, काठमाण्डौं ।
शेयर बजारमा प्रवेश गर्ने जो कोही नयाँ ग्राहकको प्रश्न हुन्छ सबैभन्दा उत्कृष्ठ ब्रोकर कम्पनी कुन हो भनेर । नेपालमा रहेका विभिन्न शेयर ब्रोकर कम्पनीको कारोबारको आधारमा नासा सेक्युरिटिज सबैभन्दा अब्बल ठहरीएको छ ।
गत पछिल्लो दुइ महिनाको कारोबार रकमलाई आधार मान्दा ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिज अब्बल ठहरीएको हो । उसले दुइ महिनामा ३९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गर्दै अरु कम्पनीलाई पछि पारेको हो । गएको दुई महिनामा मुलुक भरिमा सबैभन्दा बढी शेयर कारोबार गर्ने १० ब्रोकर कम्पनीको सूचीमा नासा सबैभन्दा अघि देखिएको छ भने दोस्रो स्थानमा अनलाइन सेक्युरिटिज छ ।
४९ नम्बरको ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजले पनि २८ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थान हासिल गरेको हो । उत्कृष्ट १० को सूचीको तेस्रो स्थानमा भने ४५ नम्बरको ब्रोकर एजेन्सी इम्पेरियल सेक्युरिटिज परेको छ । इम्पेरियलले २८ अर्ब ५१ करोड रुपैयाँको कारोबार गर्दै तेस्रो स्थान हासिल गरेको हो । त्यस्तै ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटिज, ४४ नम्बरको डाइनामीक मनी म्यानेजर, ४२ नम्बरको सानी सेक्युरिटिज, ५० नम्बरको क्रिस्टर कञ्चाजङ्घा क्रमशः चौथो, पाँचौं, छैंटौं र सातौं नम्बरमा परेका छन् । ३३ नम्बरको दक्षीणकाली इन्भेष्टमेन्ट, ५७ नम्बरको आर्यतारा इन्भेष्टमेन्ट र ३८ नम्बरको दिपशिखा धितोपत्र कारोबार कम्पनी पनि उत्कृठ १० भित्र परेका छन् । दीपशिखाले १६ अर्ब ८५ करोड रुपैयाँको कारोबार गर्दै १०औ स्थान हासिल गरेको हो ।
अनलाइन कारोबारले ल्याएको सहजता र बढ्दो बजारको साथले कारोबार रकममा उछाल आएको बताइएको छ। दैनिक बढ्दै गएका नयाँ लगानीकर्ता र प्राथमिक शेयरका माध्यमबाट दोस्रो बजारमा रूपान्तरण भइरहेका लगानीकर्ताले समेत यति बेला कारोबार रकम बढाउन सघाइ रहेको नेप्सेको भनाइ छ । पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै जाँदा ब्रोकर कम्पनीहरूको कारोबार समेत उल्लेख्य बढ्दै गएको छ । पछिल्लो समय भएको शेयर कारोबार रकम शेयर कारोबारको इतिहासमै सबैभन्दा बढी हो । यस अघि ब्रोकर कम्पनीहरूले यति रकम बराबरको कारोबार कहिल्यै नगरेको नेप्सेले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।