स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ चैत, काठमाण्डौ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँडको मिति तोकिएको छ । कम्पनीले शेयर बाँडफाँडको लागि चैत १३ गते शुक्रबारको मिति तोकेको छ । कम्पनीको शेयर बाँडफाँडको लागि सिडिएससीले १३ गतेको समय दिएको हो ।
कम्पनीले फागुन २१ गतेदेखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्को ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासनमा ल्याएको हो ।
कम्पनीको शेयर बाँडफाँडको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । निष्कासन गरेको कुल शेयरमा यो करिब ६.४० गुणा बढी हो । यो संख्या अहिलेसम्मकै सर्वाधिक शेयर आवेदनको रेकर्ड समेत बनेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८