स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ साउन, काठमाडौ ।
शेयरबजारमा लाईफ ईन्स्योरेन्स र लघुवित्त कम्पनीको शेयरआईपिओ खरिद गर्न छुटाउनै नहुनेमध्येमा पर्दछन् । तीनै दुईवटा कम्पनीको साधारण शेयर यसै महिना निस्कासन हुन लागेका हुन् ।
यहि साउन २० गतेदेखि सानिमा लाईफ ईन्स्योरेन्सको १०० रुपैयाँ अंकित ६० लाख कित्ता शेयर निस्कासन हुदैछ भने साउन २७ गतेबाट मानुषी लघुवित्त वित्तीय संस्थाको १०० रुपैयाँकै ३ लाख ९३ हजार ७५० कित्ता शेयर निस्कासन हुन लागेको हो । यसै महिना मात्रै दुई कम्पनीको ६३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्काशन हुन लागेको हो ।
सानीमाले ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारी र समान ३ लाख कित्ता सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपिओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपिओ निष्कासन खुला हुनेछ । सानिमा लाइफको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
यता मानुषी लघुवित्तले ०.५ प्रतिशतले हुन आउने ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सबै आइपिओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । मानुषीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।