स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची , ८ बैशाख ।
सिन्धुपाल्चोक जिल्लास्तरीय महिला भलिबलको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै जित निकालेको हो ।
प्रथम हुने हेलम्बु गाउँपालिकाले नगद रु. १ लाखसहित कप र मेडल प्राप्त गरेकोछ भने दोस्रो हुने टिमले रु. ५० हजारसहित कप र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो स्थान मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले स्थान प्राप्त गरेका छन् । दुवै टिमले रु. २५/२५ हजारका साथमा कप र मेडल प्राप्त गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाले रु. १० हजार र कप पाएको खेल संयोजक राजनमान श्रेष्ठले बताए ।
हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो प्रतियोगिता सोमबार मेलम्ची बजारमा सुरु भएको थियो । मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोगमा सो खेल भएको हो ।
खेलमा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले तीन हजार नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन् । चार विधामा हेलम्बु गाउँपालिकाले पुरस्कार जितेको छ । यसमा उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित हुनुभयो । त्यस्तै चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाउनुभएको मुख्य रेफ्री श्रीराम बोगटीले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।