स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विभिन्न ३७ विधामा भएको मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ ।
बुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेको थियो । इन्द्रेश्वरीले करातें विधामा मात्रै ७ स्वर्ण जितेको थियो । इन्द्रेश्वरीले छात्रातर्फको सटफुट, ८ सय मिटर दौड र हाइजम्ममा एकएक स्वर्ण, छात्र तर्फको ज्यावलिङ थ्रो मा १ स्वर्ण सहित कुल ११ स्वर्ण जितेको विद्यालयका खेल शिक्षक तुलसी तामाङले बताए । तीन दिनको खेलमा अन्तिम समयसम्म ४ स्वर्णमा चित्त बुझाएकोमा अन्तिममा भएको करातें खेलमा पाएको उच्च सफलताका कारण रनिङ शिल्ड उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी माध्यमिक विद्यालय मेलम्ची – १० दोस्रो र बालसुधार मावि दुबाचौर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्रो हुन सफल भएको मेलम्ची नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अधिकृत सुधिनराज बुढाथोकीले बताए ।
प्रतियोगितामा नगरभित्रका दुई संस्थागत सहित २२ विद्यालयको सहभागिता थियो । समापनको दिन आयोजित भलिबल प्रतियोगितामा जनता माध्यमिक विद्यालय ज्यामिरेलाई हराउँदै बालसुधार माध्यमिक विद्यालय दुवाचौर पहिलो भयो । त्यस्तै मेलम्ची कम्युनिटी इङलिस स्कुल मेलम्ची लाई हराउँदै तेर्से माध्यमिक विद्यालय तालामाराङ तेस्रो भयो । कार्यक्रम समापनका अवसरमा नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै शिल्ड र मेडल प्रदान गरेेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।